Skip to content
Prabhu

सेतोढुंगामा २७ लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको २७ लाख रुपैयाँको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो ।

सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

वडास्तरका स्वास्थ्यचौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, परामर्श, खोप सेवा प्रवाह हुने बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal