Skip to content
Prabhu

सपोर्ट लघुवित्तको नाफा ७९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको सोही अवधिको भन्दा ७९ प्रतिशतले नाफा बढाएको छ । कम्नपनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ७९.३९ प्रतिशतले नाफा बढाएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा ८६ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा गत आवमा ७२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ करोड ३३ लाख रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा २ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ३२ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ३२ पैसा छ भने खराब कर्जा १.७४ प्रतिशत रहेको छ । १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ५ करोड रुपैयाँभन्दा बढी सञ्चिति गरेको छ । कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ सापटी लिएर ३८ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal