Skip to content
Prabhu

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म अध्यक्षका लागि १२ जनाको आवेदन परेको हो ।

१२ जनाको आवेदन परेको भए पनि उनीहरुको नाम भने आइतबार मात्रै जानकारी हुने अर्थ मन्त्रालयका पवक्ता महेश भट्टराईले जानकारी दिए । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष उपत्यका बाहिर भएकाले अहिले आवेदन सिलबन्दी गरेर राखिएको र आइतबार मात्रै आवेदकको नाम जानकारी हुने उनको भनाइ छ ।

global
अर्घाखाँची सिमेन्ट

प्राधिरकणको अध्यक्षका लागि पूर्वअध्यक्षदेखि प्राधिकरणकै कार्यकारी निर्देशकसम्मले आवेदन दिएको बुझिएको छ । त्यस्तै नेपाल सरकारका केही पूर्वसचिवहरुले पनि आवेदन दिएको बताइएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal