Skip to content
Prabhu

सिवाईसी नेपाल लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो ।

७७ जिल्लामा कार्यक्षेत्र रहेको सिवाईसी नेपालको चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार ३ सय ९० रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२को पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार पुँजीकोष ८.२५, खराब कर्जा ४.३५, इपिएस १६, खुद नाफा ४ करोड ३१ लाख ६२ हजार ७९ रुपैयाँ रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्थाका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र प्रसाद शर्माले जानकारी गराए ।

संस्थाको रिजर्भ एण्ड सरप्लस ४० करोड ४२ लाख ८८ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थामा लगानीमा रहेको कर्जा ६ अर्ब ८ करोड ६७ लाख १४ हजार ६ सय ५० रुपैयाँ, निक्षेप २ अर्ब ४८ करोड २४ लाख ६ हजार ५ सय १० रुपैयाँ, संस्थालेले लिएको ऋण २ अर्ब ६६ करोड ८५ लाख २८ हजार ७ सय ८० रुपैयाँ रहेको छ । १ सय २४ शाखा रहेको सिवाईसी लघुवित्तमा १ लाख २२ हजार ७ सय ९७ सदस्य रहेका छन् भने ४७ हजार १ सय २० ऋणी रहेको कार्यकारी प्रमुख कार्यकारी अधिकृत शर्माले साधारण सभामा जानकारी गराएका थिए ।

साधारण सभामा सिवाईसी लघुवित्तको मुख्य प्रवद्र्धक संस्था सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्माले लघुवित्तले विपन्न नागरिकको हितलाई समेत ध्यान दिनुपर्ने बताए । साधारण सभामा सेयर सदस्यहरुले राखेको जिज्ञाशाका बारेमा संस्थाका अध्यक्ष शर्मा, सञ्चालक जीवन पौडेल, कम्पनी सचिव तथा र्काकारी प्रमुख शर्माले प्रष्ट पारेका थिए । कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष तथा शेयर सदस्य गण्डकी थापा अधिकारी, लघुवित्तका सञ्चालक सुमन जि.सी.ं लगायतले मन्तव्य राखेका थिए । सिवाईसी लघुवित्तमा आँधिखोला लघुवित्त वित्तीय संस्था र सालिग्राम लघुवित्त संस्था मर्ज भएको थियो

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal