Skip to content

भन्सार जाँचपासमा कर्मचारीको तजबिजी अधिकार हटाएर प्रविधिको प्रयोगमा जोड दिनुपर्छ: अध्यक्ष ढकाल

nabil bank
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौँको त्रिपुरेश्वरमा आइतबार आयोजित ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार प्रशासनलाई निजीक्षेत्रमैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्ने बताए । उनले भन्सार विभागले आइतबार आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बोल्दै यस्तो माग गरेका हुन् ।

उनले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट टाइनुपर्ने, कर्मचारीको तजबिजी अधिकार हटाइनुपर्ने, प्रविधिको प्रयोगमा जोड दिनुपर्नेलगायत सुझाव ढकालले दिए ।

‘अर्थतन्त्र चलायमान हुँदा राजस्व आफैं बढ्ने भएकाले सरकारले स्वच्छ र प्रतिस्पर्धी व्यवसाय प्रबर्द्धनमा जोड दिनुपर्छ । भन्सार दर उच्च हुँदा खुला सीमानाबाट चोरी पैठारी बढेको छ । यसको असर राजस्वमा पनि परेको छ’, ढकालले भने, ‘जाँचपासका लागि अत्याधुनिक उपकरणको प्रयोग गर्ने, जाँचपास परीक्षणको समयसीमा घटाउने, कारोबार मूल्यका आधारमा जाँचपास गर्ने र सन्दर्भ मूल्य पुस्तिका हटाउनुपर्नेलगायत सुझाव निजी क्षेत्रले दिँदै आएको छ । यी विषयहरु सरकारले भन्सार ऐन संशोधन र आगामी आर्थिक वर्षको बजेट बनाउँदा सम्बोधन गर्नेछ भन्नेमा निजी क्षेत्र आशावादी छ ।’ तयारी वस्तुभन्दा कच्चापदार्थमा एक तह कम भन्सार लगाइनुपर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन हुन नसकेको अध्यक्ष ढकालले बताए।

त्यस्तै, उत्पत्तिको प्रमाणपत्रलाई पनि एकद्वार प्रणालीभित्र आबद्ध गरिनुपर्ने, एकीकृत भन्सार जाँचचौकी (आसिपी)को सङ्ख्या बढाइनुपर्ने, चोभार सुक्खा बन्दरगाहलाई बढी सक्रिय बनाउनुपर्नेलगायत सुझाव उनले दिए । सरकारले केही समयअघि अध्यादेशबाट ल्याएका कानुनी व्यवस्थालाई निजी क्षेत्रले स्वागत गरेको र यसले नीतिगत र प्रक्रियागत झन्झट कम गर्न मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime