Skip to content

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । शुक्रबार १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ताको सुनको मूल्य ३ हजार ५०० रुपैयाँले महंगो भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८८० रुपैयाँ तोलामा किनबेच भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime