Skip to content
Prabhu

एनएलजी इन्स्योरेन्सको ३ लाख बढी कित्ता सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ मात्रै

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले यही माघ २० गतेदेखि अवितरित ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले कात्तिक २७ गतेसम्म कायम सेयरधनीका लागि मंसिर ११ देखि पुस १६ गतेसम्म ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुलाएको थियो ।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका सेयरधनीलाई ९३ लाख १० हजार ६८७ कित्ता बाँडफाँड गरी आफ्नो कायम हकभन्दा बढी कित्ता मागेर आवेदन दिएकाहरूको रकम समेत फिर्ता गरिसकिएको कम्पनीले जनाएको छ । बाँडफाँडपछि बाँकी बसेको संस्थापक समूहतर्फको १९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्न लागेको हो ।

global
अर्घाखाँची सिमेन्ट

प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको यो सेयरमा माघ २७ गतेसमम्म आवेदन दिन सकिने छ । सेयर किन्न आवेदन दिँदा घटीमा संस्थापकतर्फ १ हजार र सर्वसाधारणतर्फ १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सेयर किन्न इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका साथै एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal