काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर साविक सेयरधनीमा निष्कासन तथा बिक्री गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा बिक्री प्रबन्ध सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतापछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको आव २०८०÷८१ को वार्षिक साधारणसभाबाट पारित १ः१ अनुपातको हकप्रद निष्कासन व्यवस्थापन नेपाल एसबिआई मर्चेन्ट बैंकिङबाट हुनेछ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले विभिन्न जलविद्युत्, पर्यटन, होटल, बिमा, सञ्चारलगायत परियोजनामा लगानीसम्बन्धी कारोबार गर्दै आएको छ। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नेपाल एसबिआई बैंक पूर्ण स्वामित्वको सहायक कम्पनी हो।






प्रतिक्रिया दिनुहोस्