Skip to content

सोमबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बाजर १० अंकले घटेर बन्द भयो । कारोबार पनि घटेको दिन सेयर बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको हो ।

आज सेयर मूल्य बढेका कम्पनीमध्ये ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज न्यादी हाइड्रोपावर, जानकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सोमबार न्यादी हाइड्रोको सेयर मूल्य ५८ रुपैयाँ ५० पैसाले बढेर ६४३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज जानकी फाइनान्सको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् ४२ रुपैयाँ ३० पैसाले बढेर ४६६ रुपैयाँ २० पैसा पुगेको छ । सोमबारको कारेबार बन्द हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १५५ रुपैयाँले बढेर १ हजार ७१० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले धेरै हो ।

सामुदायिक लघुवित्तको सेयर मूल्य आज २३५ रुपैयाँले बढेर २ हजार ५९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले धेरै हो । आज धेरै बढ्ने कम्पनीको शीर्ष पाँच कम्पनीमा बोटलर्स नेपाल बालाजु रहेको छ । यो कम्पनीको सेयर मूल्य १ हजार ४०९ रुपैयाँ ७० पैसाले बढेर १८ हजार ५१४ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२४ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्