Skip to content

सेयर बजार दोहोरो अंकले घटेको दिन धेरै मूल्य घट्ने यी हुन पाँच कम्पनी

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १२८ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा तीन लघुवित्त संस्था रहेका छन् ।

त्यस्तै आज एक हाइड्रोपावर र एक विकास बैंक पनि धेरै मूल्य घट्ने कम्पनीको शीर्ष पाँच भित्र रहको छ । आज उपकार लघुवित्त, धौलागिरी लघुवित्त र स्वाभिमानव लघुवित्त तथा सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल हाइड्रो डेभलपर कम्पनी रहेका छन् । आज सबै भन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४६ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर प्रतिकित्ता १३५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आजको कारोबार बन्द हुँदा उपकार लघुवित्तको सेयर मूल्य २९५ रुपैयाँ ३० पैसाले घटेर ४ हजार २५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.५० प्रतिशतले कम हो । त्यस्तै धौलागिरी लघुवित्तको सेयर मूल्य ५.८५ प्रतिशत अर्थात् ११० रुपैयाँले घटेर १ हजार ७७० रुपैयाँ पुगेको छ ।

सोमबारको कारोबार बन्द हुँदा नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ४५ रुपैयाँ ९० पैसाले घटेर ८०४ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.४० प्रतिशतले कम हो । आज स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि ८८ रुपैयाँ ८० पैसाले घटेर १ हजार ९५० रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३६ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्