Skip to content

अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ

nabil bank
काठमाडौं ।  अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का  २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन् ।
समाचारकक्षका अनुसार उनीहरूले हालसम्म  दुई करोड ४१ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उनीहरूबाट नगद ९० हजार रुपैयाँ, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड,  विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौं चलान गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime