Skip to content

विकास बैंक : दोस्रो बजारमा ५ वटाको सेयर मूल्य १ हजारभन्दा माथि, कुनको कति ?

nabil bank

काठमाडौं । सोमबार सेयरको सेयर कारोबार बन्द हुँदा विकास बैंक समूहको सेयर मूल्यमा ४० दशमलव ५२ अंकले वृद्धि भयो । कारोबार भएका १५ विकास बैंकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । एउटाको भने सेयर मूल्य स्थिर रहेको छ ।

सोमबारको कारोबार बन्द हुँदा विकास बैंकहरुमध्ये ५ वटाको सेयर मूल्य एक हजारभन्दा माथि छ भने अन्यको सेयर मूल्य दोस्रो बजारमा ३०० देखि ६०० को बीचमा रहेको छ । सोमबारको कारोबार बन्द हुँदा सबैभन्दा धेरै सेयर मूल्य भएको विकास बैंकमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ ।

यो बैंकको सेयर मूल्य २ हजार २६० रुपैयाँ रहेको छ । कर्पोरेट सहित ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि रहेको छ ।

सोमबारको कारोबार बन्द हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य मूल्य प्रतिकित्ता १ हजार ७१० रुपैयाँ पुगेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १ हजार २१८ रुपैयाँ, सप्तकोशी डेमलपमेन्ट बैंकको १ हजार ४६० रुपैयाँ र सिन्धु विकास बैंकको सेयर मूल्य १ हजार १३८ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै सोमबारको कारोबार बन्द हुँदाको समयमा सबै भन्दा कम सेयर मूल्य रहेको विकास बैंक ज्योति विकास बैंक रहेको छ । यो बैंकको सेयर मूल्य ३४८ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै मुक्तिनाथ विकास बैंकको सेयर मूल्य ३७० रुपैयाँ, महालक्ष्मी विकास बैंकको सेयर मूल्य ३८५ रुपैयाँ, गरिमा विकास बैंकको ३८६ रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको ३८६ रुपैयाँ ९० पैसा रहेको छ ।

सोमबारको अन्तिम कारोबार समय पछि कामना सेवा विकास बैंकको सेयर मूल्य ४४० रुपैयाँ पुगेको छ । त्यस्तै लुम्बिनी विकास बैंकको सेयर मूल्य ४४५ रुपैयाँ, साइन रेसुङ्गा विकास बैंकको ४०६ रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको ६५७ रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकको ५९० रुपैयाँ पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime