Skip to content

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोड बढी ठगी गरेको अभियोगमा ४ जना पक्राउ

nabil bank
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन ।
सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६ का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै  २२ लाख ३८ हजार रुपैयाँ, दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट तीन लाख रुपैयाँ,  विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा ९७ लाख ५४ हजार  रुपैयाँ र पौडेलले कुवेत पठाइदिन्छु भन्दै  एक लाख ६० हजार रुपैयाँ ठगेका थिए ।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime