Skip to content
Prabhu

२४ वर्षमा अमेरिकाले नेपाललाई दियो साढे तीन खर्ब, अहिले कुन-कुन क्षेत्रमा छ अनुदान ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमा अमेरिकाले दिँदै आएको अनुदान सहयोग रोक्ने निर्र्णयले नेपालमा पनि प्रभाव देखिएको छ । अर्थमन्त्रालयले एक विज्ञप्ति नै जारी गरी हाल बजेटमा समावेश युएसएआईडीले स्रोत बेहोर्ने भनिएका चार वटा परियोजनाको काम नगर्न निर्देशन दिइसकेको छ ।
यूएसएआइडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको हो ।
अर्थमन्त्रालयले भनेको छ, “यस  अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ ।”
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआइडी  हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआइडीले सहवित्तीय लगानी गरेको छ । युएसएआइडीले यी आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।
२४ वर्षमा साढे तीन खर्ब अनुदान
अमेरिकाले नेपाललाई पछिल्लो २४ वर्षमा २.५६ अर्ब डलर अर्थात् हालको विनिमयदर अनुसार तीन खर्ब ५३ अर्ब रुपैयाँ सहयोग गरेको छ ।फरेन असिस्टेन्ट डट जिओभी डट कमका अनुसार यो रकम सन् २००१ देखि २०२४ सम्ममा विभिन्न परियोजनामा भुक्तानी भइसकेको छ ।
कुन वर्षमा कति ?

सन् २०२४ मा कुन क्षेत्रमा कुन संस्थामार्फत कति खर्च ?
अमेरिकाले सन् २०२४ मा सबैभन्दा बढी रकम कार्यक्रम सञ्चालनमा खर्चेको छ । जसमा  २७.८ मिलियन डलर खर्च भएको छ । साथै मातृ, बालस्वास्थ्य र परिवार नियोजनमा २४.३२ मिलियन डलर खर्च भएका छ । साथै ऊर्जा क्षेत्रमा १९.८७ मिलियन डलर, कृषिमा १८ मिलियन डलर, वातावरण संरक्षणमा ११.९ मिलियन डलर, सरकार र नागरिक  समाजमा ११.४६ मिलियन डलर, आधारभूत शिक्षाका लागि ८.५९३ मिलियन डलर, एचआइभी एड्सका क्षेत्रमा ८.०६६ मिलियन डलर, पानी आपूर्ति र सरसफाइका क्षेत्रमा ४.१९८ मिलियन डलर र व्यवसाय र अन्य क्षेत्रमा ४.०१ मिलियन डलर खर्चगरेको छ ।
सन् २०२४ मा अमेरिकी सरकारबाट प्राप्त कुल अनुदानमध्ये सबैभन्दा बढी मिलेनियम च्यालेञ्ज कर्पोरेशनमा २०.८८ मिलियन डलर खर्च भएको छ । साथै डेभलपमेन्ट अल्टरनेटिभ इंकमार्फत १६.७९ मिलियन  डलर, यूएसएआईडीमाफृत १३.२६ मिलियन डलर, डेलोइटमार्फत १२.६९ मिलियन डलर, विनरक इन्टरनेशनलमार्फत ९.३५ मिलियन डलर, एनजीओ इन्टरनेशनल रिडाक्टेडमाफृत ८.२० मिलियन डलर, केय इन्टरनेशनलमार्फत ६.७३५ मिलियन डलर, डिपार्टमेन्ट अफ स्टेटमाफृत ४.६०४ मिलियन डलर, पपुलेसन सर्भिसेस इन्टरनेशनलमार्फत ४.०९८ मिलियन डलर र विश्व खाद्य कार्यक्रममार्फत ३.३०६ मिलियन डलर खर्च गरेको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal