Skip to content
Prabhu

चीनको सानो कम्पनीका कारण अमेरिकी ठूला कम्पनीलाई समस्या, रातारात घट्न थाल्यो शेयर

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा ओपन एआई र च्याटजिपिटटीको प्रभुत्व लामो समयदेखि कायमै छ । तर पछिल्लो समय चिनियाँ एआई स्टार्टअप डिपसिकले भने उनीहरुलाई चिन्तामा पारेको छ । खासमा डिपसिकले हालै सार्वजनिक गरेको एआई मोडललाई कम एड्भान्स चिपसेट वा प्रोसेसरमा पनि सजिलै प्रयोग गर्न सकिन्छ । उक्त मोडलले ल्याइको परिवर्तनले विश्व बजारलाई यतिबेला चकित बनाएको छ । यो सार्वजनिक भएसँगै यतिबेला अमेरिकी टेक कम्पनीहरुको शेयर मूल्य तीव्र गतिमा घट्न थालेको छ ।
global
अर्घाखाँची सिमेन्ट
पावरफुल एआई  प्रोसेसर बनाउने अमेरिकी टेक कम्पनी एनभिडियालाई डिपसिकका कारण ठूलो झट्का  लागेको छ । शेयर बजारमा यसको बजार पुँजिकरण ४३२ अर्ब डलरसम्म घटेको छ । अमेरिकाका ठूला लगानीकर्ता उक्त परिवर्तनलाई लिएर चिन्ता व्यक्त  गरेका छन् । उनीहरुले डिपसिकका कारण अमेरिकी कम्पनीहरुलाई समस्या पर्ने बताउन थालेका छन् । एआई उद्योग अहिले एनभिडियाको पावरफूल तथा महंगो चिप्समा निर्भर थियो । यस्तोमा डिपसिक लो कस्ट सोल्युसनका रुपमा बजारमा उपलब्ध भइसकेको छ ।
ओपनएआई र गुगलमा पनि असर पर्ने 
अमेरिकी  एआई बजारमा डिपसिकले अहिलेसम्म सबैभन्दा धेरै एभिडियामा असर देखाएको छ । यद्यपि आगामी दिनमा ओपन एआई र गुगललाई पनि यो कम्पनीले समस्यामा पार्ने देखिएको छ । डिपसिक कम्पनीले यो अन्य  मोडेलको तुलनामा सस्तो मात्रै नभए ओपन एआई र मेटाको तुलनामा राम्रो प्रदर्शन गर्ने समेत दाबी गरेको छ । यसले अमेरिकी कम्पनीको प्रभुत्व खतरामा पारेको छ । अहिले डिपसिकको च्याटबोट एप्पलको एपस्टोर र गुगलको प्ले स्टोरमा नम्बरमा १ मा छ । यसको साइज पनि निकै सानो छ । साथै यसले रिजनिङ मोडलको लेटेस्ट जानकारी पनि इन्टरनेटमा सर्च गर्छ । यो एप प्रयोग गर्न पावरफूल प्रोसेसर  पनि चाहिन्न ।
क्रिप्टोकरेन्सीको बजारमा पनि असर
आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आएको यो परिवर्तनले क्रिप्टोकरेन्सी बजार पनि प्रभावित भएको छ । टेक स्टकमा गिरावट देखिएको छ । साथै विटक्वाइन तथा इभरनेम जस्ता ठूला क्रिप्टोकरेन्सीको मूल्य पनि तीव्र गतिमा घट्न थालेको छ । एआई र क्रिप्टोकरेन्सी  मार्केट एकापसमा जोडिएकाले पनि यसको असर देखिएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal