काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिनोद ज्ञवाली चयन भएका छन् । संस्थाको माघ १४ गते सम्पन्न भएको ९ औँ वार्षिक साधारणसभाले ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो ।
साथै, उक्त वार्षिक साधारण सभाले संस्थापक समुह तर्फबाट सन्तोष पोखरेल, पुष्पराज ढकाल र गोपाल बस्याललाई सञ्चालक पदमा नियुक्त गरेको छ । त्यस्तै सभाले सर्वसाधारण समुहबाट बिमल आचार्य र तिर्थ सागर अर्याललाई सञ्चालक पदमा चयन गरेको कम्पनी सचिव शिव प्रसाद ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्