काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको २५ प्रतिशत हकप्रद सेयरमा आज (माघ १५ गते) सम्म कायम सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्दैछ । भोलि र पर्सी क्रमशः सहिद दिवस र सोनम ल्होसार परेकाले नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्से बन्द रहन्छ । यसर्थ कम्पनीको हकप्रदमा आवेदन दिन आजसम्म सेयरधनी बनिसक्नु पर्नेछ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले १ः०.२५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यसबाट ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ संकलन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्