Skip to content
Prabhu

१० वर्ष अवधिको ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विकास ऋणपत्रमार्फत सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्कासन हुने भएकोले बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकलाई कबोल पेस गर्न आह्वान गरिएको छ । विकास ऋणपत्र २०९१ नाम दिइएको उक्त ऋणपत्रमा मंगलबार बोलकबोल भएर माघ १८ गते शुक्रबार निष्कासन हुनेछ ।

global
अर्घाखाँची सिमेन्ट

ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने र ब्याजमा कर लाग्नेछ । २०९१ साल माघ १८ मा ऋणपत्र परिपक्व हुनेछ । ऋणपत्र धितोमा राखेर कर्जा लिनदिन सक्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निष्कासन हुने ऋणपत्रको ८५ प्रतिशतले हुने ८ अर्ब ५० करोड प्रतिस्पर्धी रुपमा र १५ प्रतिशतले हुने १ अर्ब ५० करोड अप्रतिस्पर्धी रुपमा बिक्री हुनेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal