Skip to content

आजदेखि विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प

nabil bank

काठमाडौं । सांग्रिला मोटर्सको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको शुभारम्भ गर्ने घोषणा गरेको छ।

यो चार दिने कार्यक्रम माघ १६ गते बुधबारदेखि माघ १९ गतेसम्म विराटनगरमा आयोजना हुनेछ। यस क्याम्पमा ग्राहकहरूले लिपमोटर सी१० र सिट्रोन इ सी३ लगायतका विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरू पाउनेछन्।

लिपमोटर सी१०एक नयाँ पिँढीको विद्युतीय सवारी साधन हो जसले स्लीक डिजाइनलाई शक्तिशाली प्रदर्शनसँग मिलाएर उत्कृष्ट ड्राइविङ अनुभव प्रदान गर्दछ, जसको दूरी र स्मार्ट प्रविधिको सुविधाहरू प्रशंसनीय छन्।

यस्तै, सिट्रोन इ सी३ सहरी गतिशीलतामा नवीनतम विकास हो, जसले कार्यकुशलता, स्टाइल र आरामलाई एक समर्पित विद्युतीय सवारी साधनमा एकत्रित गरेको छ, जुन आधुनिक चालकहरूको लागि डिजाइन गरिएको छ।

यी दुवै सवारी साधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्छन्, जसले ग्राहकहरूलाई वातावरणमैत्री र दिगो यात्रा गर्नको लागि अवसर प्रदान गर्दछ।

कार्यक्रमका आगन्तुकहरूलाई यी अभिनव विद्युतीय सवारी साधनहरू टेस्ट ड्राइभ गर्न र विशेष छुट जस्ता अवसरहरू प्राप्त हुनेछन्, साथै निःशुल्क ७ के डब्ल्यू वाल चार्जर पनि प्राप्त हुनेछ।

यस क्याम्पले विराटनगरका ग्राहकहरूलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सम्झौताहरुको फाइदा उठाउने अवसर प्रदान गर्दछ। श्रीजा अटोमोबाइल्स एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प तपाईंको सवारी साधनलाई अपग्रेड गर्ने र दिगो ड्राइभिङको भविष्य तर्फ लाग्ने उत्तम अवसर रहेको बताइएको छ।

कम्पनीका अनुसार ग्राहकहरूको सन्तुष्टि र उच्चस्तरीय सेवामा ध्यान केन्द्रित गर्दै नवीनतम अटोमोबाइल प्रविधिहरू ल्याउनेमा कम्पनी समर्पित छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime