Skip to content

संकटमा बोइङः सन् २०२४ मा मासिक रुपमा गुमायो एक अर्ब डलर

nabil bank

एजेन्सी । विमान निर्माता कम्पनी बोइङले सन् २०२४ मा सुरक्षा संकट, गुणस्तर नियन्त्रणसम्बन्धी समस्याहरू र कर्मचारीको हड्तालका कारण मासिक रुपमा लगभग एक अर्ब डलर गुमाएको छ । कम्पनीले वर्षभरीमा ११.८ अर्ब डलर गुमाएको छ जुन सुन् २०२० पछिको उसको सबैभन्दा खराब नतिजा हो ।

डिसेम्बरसम्मको तीन महिनामा, जब हड्तालले व्यवसायलाई प्रभावित गरिरहेको थियो, त्यो समयमा कम्पनीले ३.८ अर्ब डलर गुमाइसकेको थियो । बोइङका लागि गत वर्ष राम्रो रहेन । जनवरी २०२४ मा, नयाँ ७३७ म्याक्सको एउटा ढोका झरेपछि ठूलो आलोचना भएको थियो । उक्त घटनाले कम्पनी र यसको मुख्य आपूर्तिकर्ता स्पिरिट एयरोसिस्टम्समा गम्भीर गुणस्तर नियन्त्रण कमीहरू भएको सार्वजनिक भएको थियो ।

बोइङले सन् २०१८ र सन् २०१९ मा ७३७ म्याक्स ८ को दुई उच्च प्रोफाइल दुर्घटनाको असरबाट बाहिर निस्कन प्रयासरत थियो । जसमा ३४६ जना मरेका थिए । नयाँ घटनाले बोइङलाई उत्पादन कम गर्न बाध्य बनाएको थियो ।

साथै गत वर्ष ३३ हजार कर्मचारीहरूको हड्तालले पनि नराम्रो असर गर्यो । सेप्टेम्बरमा सुरु भएको सात हप्ताको यो ठप्पले कर्मचारीहरूको तलब र सेवानिवृत्ति प्रावधानहरूको बारेमा गहिरो असन्तुष्टि सार्वजनिक भयो । यसले कम्पनीलाई अरबौं डलरको नोक्सान पुर्यायो ।

कम्पनीे गत वर्ष ३४८ वटा व्यावसायिक विमानहरू वितरण गर्यो । जबकी प्रमुख प्रतिद्वन्द्वी एयरबसले ७६६ वटा विमानहरू वितरण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime