काठमाडौं ।। नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ८५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।






प्रतिक्रिया दिनुहोस्