Skip to content

आईएमई लाइफको नाफा १४ प्रतिशतले वृद्धि, जीवन बीमा कोषको आकार १० अर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा आईएमई लाइफको नाफामा १४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको भन्दा १४.१२ प्रतिशतले बढेको हो ।

चाल आवमा कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार चालु आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जनमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कुल आम्दानी गत आवमा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद बीमाशुल्क आर्जन गत आवमा १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको दोस्रो त्रैमासम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेर १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा १३ करोड ८२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ ७४ पैसाबाट घटेर १० रुपैयाँ ७१ पैसा कायम भएको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्