Skip to content

यातायात कार्यालय मकवानपुरले ६ महिनामा उठायो २९ करोड १ लाख राजस्व

nabil bank

बागमती । यातायात व्यवस्था कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक २०८१र८२ को ६ महिनाका अवधिमा २९ करोड १ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१र८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड एक लाख ७५ हजार ६ सय ५१ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट १७ करोड ३८ लाख २१ हजार एक सय ४९ रुपैयाँ, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार तीन सय ३१ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट चार करोड ५६ लाख ७० हजार आठ सय ११ रुपैयाँ, सङ्घीयतातर्फ १ करोड ८१ लाख २५ हजार एक सय ८० रुपैयाँ तथा बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै चालु आव को सो अबधीमा मोटरसाईकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो/ई–रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस अबधीमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

यस्तै सो अबधीमा दुई हजार नौ सय ८४ नवीकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime