एजेन्सी । फ्रन्टियर एयरलाइन्सल टाट पल्टिएको घोषण भएको स्पिरिट एयरलाइन्ससँग दोस्रो पटक मर्जरको प्रयास गरेको छ । बजेट एयरलाइनहरू संघर्षरत भएपछि स्पिरिट एयरलाइन्सले गत वर्ष आफू आर्थिक रुपमा समस्यामा परेको घोषणा गरेको थियो ।
फ्रन्टियर एयरलाइन्सको मूल कम्पनी फ्रन्टियर ग्रुप होल्डिङ्स इन्कले बुधबार मर्जरको प्रस्तावित सम्झौतामा फ्रन्टियरको नयाँ ऋण र साझा शेयर समावेश हुने जनाएको छ । फ्रन्टियरले सन् २०२२ मा स्पिरिटसँग मर्र्र्जरको प्रस्ताव गर्ने प्रयास गरेको थियो । तर जेटब्लूले बढी प्रस्ताव राखेर त्यसलाई हुन दिएको थिएन । तर, न्याय विभागले भन जेटब्लूको ३.८ बिलियन डलरको सम्झौता रोक्न मुद्दा दायर गरेको थियो ।
स्पिरिटले नोभेम्बरमा संरक्षणका लागि आवेदन दिएको थियो । सन् २०२० को सुरुदेखि यस एयरलाइनले २.५ बिलियन डलरभन्दा बढी घाटा बेहोरेको छ र सन् २०२५ र सन् २०२६ मा १ बिलियन डलरभन्दा बढीको ऋण तिर्नु पर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्