Skip to content

एक सातामा जीवन बीमा उपसूचकमा २१६ अंकको गिरावट, कुन जीवन बीमा कम्पनीको सेयर मूल्य कति ?

काठमाडौं । पछिल्लो एक सातामा सेयर बजारमा जीवन बीमा उपसूचकमा २१६ अंकको कमी आएको छ । माघ ९ गतेको अन्तिम कारोबारभन्दा माघ १५ गतेको कारोबार अवधिमा २१६ दशमलव ८७ अंकले कमी आएको हो ।

यो बीचको पाँच दिनको कारोबार अवधिमा जीवन बीमा उपसूचकमा उक्त अंकले घटेको हो । माघ ९ गतेको कारोबार अवधिमा जीवन बीमा उपसूचक १३०७६ दशमलव ६६ विन्दुमा बन्द भएको थियो । माघ १५ गतेको कारोबार बन्द हुँदा यो उपसूचक १२८५९ दशमलव ७९ विन्दुमा पुगेको हो । पाँच दिनको कारोबार मध्ये सबै दिन यो उपसूचकको सेयर मूल्यमा गिरावट आएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

माघ १५ गतेको कारोबार बन्द हुँदा नेप्सेमा सूचीकृत भएका १२ जीवन बीमा कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि छ भने बाँकी कम्पनीको सेयर मूल्य एक हजारको आसपासभन्दा निकै तल रहेको छ । जीवन बीमा कम्पनीहरुमध्ये दोस्रो बजारमा सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) (एलआइसी) हो । यो कम्पनीको सेयर मूल्य १ हजार ७७ रुपैयाँ रहेको छ । यो कम्पनीको सेयर मूल्य पछिल्लो एक सातामा २२ रुपैयाँले घटेको छ । माघ ९ गतेको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १ हजार ९९ रुपैयाँ रहेको थियो । यो बाहेकका कुनै पनि कम्पनीको सेयर मूल्य दोस्रो बजारमा ९०० को हाराहारीमा पनि छैन ।

एलआइसी नेपालपछि सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी एसियन लाइफ इन्स्योरेन्स हो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४४ रुपैयाँ ६० पैसा रहेको छ । यो कम्पनीको सेयर मूल्य पछिल्लो एक सातामा २ रुपैयाँल्े बढेको छ । माघ ९ गते ७४२ रुपैयाँ ६० पैसा रहेको यो कम्पनीको सेयर मूल्य माघ १५ गतेको कारोबार बन्द हुँदा ७४४ रुपैयाँ ६० पैसा पुगेको हो । त्यस्तै अहिले दोस्रो बजारमा नेपाल लाइफ इन्स्योरेन्स्को सेयर मूल्य ७३२ रुपैयाँ रहेको छ । यो कम्पनीको सेयर मूल्यमा एक सातामा १०१ रुपैयाँ १ पैसाले कमी आएको छ । माघ ९ गतेको कारोबार बन्द हुँदा ८३३ रुपैयाँ १ पैसा रहेको थियो ।

त्यस्तै सिटिजन्स लाइफको सेयर मूल्य अहिले दोस्रो बजारमा ७३० रुपैयाँ रहेको छ । त्यस्तै सन नेपाल लाइफको ६३९ रुपैयाँ ९० पैसा, प्रभु महालक्ष्मी लाइफको ५७८ रुपैयाँ ३० पैसा र नेशनल लाइफको ५९१ रुपैयाँ २० पैसा रहेको छ । माघ १५ गते (मंगलबार) को कारोबार बन्द हुँदा रिलायवल नेपाल लाइफको सेयर मूल्य ५२२ रुपैयाँ ८० पैसा, आइएमई लाइफको ४८३ रुपैयाँ, हिमालयन लाइफको ४७८ रुपैयाँ, सूर्यज्योति लाइफको ४४७ रुपैयाँ २० पैसा र सानिमा रिलायन्स लाइफको ४२१ रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्