Skip to content
Prabhu

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

जुबा । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।

राजधानी जुबाका लागि उडेको विमान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्रनजिकै खसेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,’ गतवेच विपालले बताए ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए ।

उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal