Skip to content

सतिघाट–दिङ्ला सडक :  दुई आर्थिक वर्षमा दुई किमी कालोपत्रे

भोजपुर । वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वर्षौंबाट समस्या भोग्दै आएको सडक कालोपत्रे भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिब दुई किलोमिटर सडक कालोपत्रे गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयअन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो ।

यस आर्थिक वर्षमा दुई करोड २० लाख रुपैयाँ लागतमा दोस्रो खण्डको १२ सय मिटर सडक कालोपत्रे सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उनको भनाइ छ । दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

‘सातिघाट–दिङ्ला सडक कालोपत्र गरिरहेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यो सडकमा बर्षेनी थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिव बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।’

उत्तरी क्षेत्रको लागि निकै महत्वपूर्ण सडक भएपनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै÷थोरै मात्र सडक कालोपत्रे गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । राज्यले यस्ता महत्वपूर्ण सडकलाई बहुवर्षिय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने उनले बताए । यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उनको भनाइ छ ।

यहाँ प्रिमिक्स प्राविधिबाट सडक कालोपत्रे गरिएको हो । सडक तोकिएको मापदण्डअनुसार गुणस्तरीय ढंगले निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर चन्द्र शेखर सिंहाले बताए । सडकमा लगाएको सामग्रीको ल्याव परीक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनको भनाइ छ ।

२०८० चैत महिनाबाट सुरु भएको सडक निर्माणको ११ महिनामा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन यादवले बताए । सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि सहजता भएको स्थानीयबासीको भनाइ छ । भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटमा पक्की पुलबन्न आवश्यक रहेको स्थानीयबासी नवीन कार्कीले बताए । राज्यको तहबाट यहाँ पक्की पुल निर्माण पहल भएदेखि स्थानीयबासीलाई थप सहजता हुने उनको भनाइ छ ।

यो प्रदेश सरकारको बजेटमा सडक कालोपत्रे भएपछि आवतजावतमा सहजता भएको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । सडक कालोपत्रले स्थानीयलाई सहज भएपनि अरुण नदीमा पक्की पुल नहुँदा भने समस्या रहेको उनको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्