Skip to content

म्याग्दीको दुर्गम चेचुङ गाउँ सडक सञ्जालमा जोडियो

म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ ।

अपर म्याग्दी जलविद्युत आयोजनाले धौलागिरी गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरादेखि चेचुङ जोड्ने सडक निर्माण गरेको हो । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर नाउरा देखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण गरेको अपर म्याग्दी जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सडकबाट चेचुङका १९ घरपरिवार लाभान्वित भएका छन् । जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । स्थानीयबासी चक्रबहादुर घर्तीले सडक निर्माण भएपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको बताए । स्थानीयवासीलाई आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि र पशुजन्य वस्तु बजार पठाउन सहज भएको घर्तीले बताए ।
सडक पुगेपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । मार्ग खुलेको सडकको स्तरोन्नति गरेर सहज र नियमित रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउने धौलागिरी गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

हाइड्रो इम्पायर प्रा।लि। प्रबर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ ।

हाइड्रो भिलेज प्रबर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथी ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा नाउरा स्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ ।

यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधिन तीनवटा जलविद्युत आयोजनाहरुको लागत साझेदारीमा धवलागिरी गाउँपालिका–४ को लामोछहरा केङ्की देखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । म्याग्दी खोला जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने बगर गाउँमा पनि यसैबर्षभित्र सडक पुग्दै छ ।

मालिका–७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका अपर म्याग्दी, अपर म्याग्दी –१, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन् ।

पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेसनलाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युतगृह निर्माणको तयारी गरेको आयोजना प्रमुख रमेश सुवेदीले बताए । अबको दुई वर्ष पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार कम्पनी परिचालित भइसकेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्