काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । ५ दिनसम्म चल्ने ८ औँ एक्स्पो आजदेखि सुरु भएको हो ।
उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गरेका हुन् । एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, विद्युतीय सामग्री, फर्निचर र गहनालगायत उत्पादनहरू प्रदर्शनमा छन् ।
नेपाल, बंगलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशका व्यवसायीले सहभागिता जनाएका छन् । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२५ भन्दा बढी स्टल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्