काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकार खोज्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राउतले सरकार गठन भएको ६ महिना भइसक्दा पनि जनताको पहुँच हुन नसकेको टिप्पणी गरेका हुन् ।
‘हामीले पनि समर्थन नै दिएका छौँ । सरकार कहाँ छ, मन्त्री कहाँ छ भन्ने खोज्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘एउटा राष्ट्रिय अध्यक्षले सिंहदरबारमा समय माग्दा दिन सक्नुहुन्न भने आमजनताको पहुँच के मा छ ?’ उनले सिंहदरबारमा १५ दिनसम्म पनि सांसदले मन्त्री भेट्न नसेको गुनासो गरे । ‘आमजनता पनि सिंहदरबारमा छिर्न पाउँछन्, आफ्ना कुरा राख्न पाउँछन् भन्ने सुनेका थियौँ । तर, उल्टो भयो । अधिकांश मन्त्रीहरूसँग परिचय पनि भएको छैन । चिनेका पनि छैनौँ, कामको त कुरा छाडौँ,’ उनले भने ।






प्रतिक्रिया दिनुहोस्