Skip to content

टेस्लाको बिक्री घट्यो, नाफा अपेक्षाभन्दा डेढ अर्ब डलरले कम

nabil bank
एजेन्सी । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको सन् २०२४ को अन्तिम तीन महिनाको आय अपेक्षाभन्दा निकै कम भएको छ । कार बिक्रीमा आएको कमीका कारण नाफा संकुचित भएको हो ।
टेस्लाका शेयर मूल्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेस्लाका सीईओ एलन मस्कको निकट सम्बन्धका कारण निर्वाचनपछि सकारात्मक रूपमा बढेका थिए । तर बजार बन्द भएपछि सुरुवातमा ६ प्रतिशत घटे र फेरि पुनः सुधार भएर थोरै वृद्धि भए ।
अमेरिका, चीन र युरोपमा अन्य अटोमोबाइल निर्माताहरूबाट विद्युतीय सवारी साधनको बढ्दो प्रस्तावका कारण टेस्लाको मूल्यमा दबाब सिर्जना भएको छ । टेस्लाले २०२४ मा आफ्नो इतिहासमै पहिलोपटक वार्षिक बिक्री गिरावट भोग्नु परेको पहिल्यै खुलासा गरिसकेको थियो । तर, कम्पनीको त्रैमासिक राजस्व २५.७ अर्ब डलर मात्र रह्यो, जुन अपेक्षितभन्दा १.५ अर्ब डलर कम हो ।
कम्पनीको खुद नाफा २.५ अर्ब डलर रहेको थियो, जुन अघिल्लो वर्षको तुलनामा तीन प्रतिशतले वृद्धि भए पनि पूर्वानुमानभन्दा थोरै कम रह्यो। तर, १३.६ प्रतिशतको नाफा मार्जिन, जुन नियामक क्रेडिट बिक्री बाहेकको हो, हालका वर्षहरूमा भन्दा संकुचित रह्यो । विश्लेषकहरूले १६.२ प्रतिशत मार्जिन रहने अनुमान गरेका थिए ।
कम्पनीले सन् २०२५ को पहिलो छ महिनामै किफायती मोडेलका कार उत्पादन सुरु गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ । यसको स्वचालित साइबरक्याब रोबोट्याक्सी मोडेल २०२६ मा उपलब्ध हुने बताएको छ । यद्यपि, कम्पनीले अघिल्लो समय नयाँ सवारी साधन उत्पादन लक्ष्य पूरा गर्न बारम्बार ढिलाइ गरेको इतिहास छ ।
कम्पनीले २०२५ को बिक्री लक्ष्य खुलाएको छैन, तर फेरि वृद्धि हुने अपेक्षा राखेको छ । सीइओ मस्क अन्य धेरै व्यावसायिक गतिविधिमा पनि संलग्न छन् । जस्तै स्पेसएक्सका सीईओ, सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक, न्यूरोटेक्नोलोजी कम्पनी न्यूरालिंक, टनेल बनाउने कम्पनी द बोरिङ कम्पनी, साथै हालै कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआई स्थापना गरेका छन् । तर, पछिल्ला केही महिनामा उनी ट्रम्प प्रशासनको प्रयासहरूमा अझ सक्रिय भएका छन्, जसमा उनले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी  पहलको नेतृत्व गरिरहेका छन् ।
मस्क केही युरोपेली देशहरूको राजनीतिमा पनि सक्रिय छन् । उनले जर्मनी र बेलायतमा दूर–दक्षिणपन्थी राजनीतिक दलहरूको समर्थन गरेका छन् । अमेरिकामा तथा विदेशमा विभाजनकारी नेताहरूलाई समर्थन गरेकाले उनको यो भूमिकाले वातावरणमैत्री गाडी किन्न चाहने उदारवादी उपभोक्ताहरूलाई असर गर्न सक्ने चिन्ता पैदा गरेको छ ।
यसबाहेक, अमेरिका भित्रका नियामक चिन्ताहरूले पनि टेस्लाको भविष्यको बिक्री र नाफामा असर पार्न सक्छ। ट्रम्पले जो बाइडेन प्रशासनद्वारा लागू गरिएको नयाँ विद्युतीय सवारी खरिदकर्ताहरूलाई दिइने ७५ सय  डलर कर क्रेडिट हटाउने प्रतिबद्धता जनाएका छन् । साथै, हरित ऊर्जा योजनाहरूमा सरकारको वित्तीय सहयोग बन्द गर्ने वाचा गरेका छन्।
यस परिवर्तनले टेस्लाका प्रतिस्पर्धी परम्परागत अटोमोबाइल कम्पनीहरूलाई असर पु¥याउन सक्छ, जसले उनीहरूको ईभी उत्पादन क्षमतालाई सीमित गर्न सक्छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime