Skip to content

साताको सेयर : नेप्से सामान्य अंकले बढ्यो, औषत कारोबारमा पनि वृद्धि

nabil bank

यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । गत साता २६५४ दशमलव ३५ विन्दुमा बन्द भएको नेप्से यो साता ०.१३ प्रतिशत अर्थात ३.४२ अंक बढेर २६५७ दशमलव ७७ विन्दुमा पुगेको हो ।

यस साता ३ कारोबार दिनमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेको थियो । यस साताको अन्तिम कारोबार दिन अर्थात मंगलबार नेप्से सामान्य बढेर बन्द भएको थियो । यस साता फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक घटेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ७ अर्ब २२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १५ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.८३ प्रतिशत बढेको हो । यस साता दैनिक औषत सेयर संख्या २३.४६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १८.१३ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण ०.१५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ९ अर्ब पुगेको छ । १३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ५.४६ प्रतिशत बढेको छ। गत साता ५५६० दशमलव ९६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३०३ दशमलव ५६ अंक बढेर ५८६४ दशमलव ५२ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ । गत साता ४४६० दशमलव ९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०४ दशमलव २९ अंक घटेर ४३५६ दशमलव ७० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २१४ दशमलव ५२ अंक घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime