Skip to content
Prabhu

ज्योति विकास बैंकद्वारा चितवनस्थित खैरहनी माध्यमिक विद्यालयलाई सहयोग

चितवन । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी–६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३० थान डेस्क–बेञ्चहरू प्रदान गरेको छ।

बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। यस सहयोगपश्चात, विद्यार्थीहरूले डेस्क(बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने बैंकले अपेक्षा गरेको छ।

global
अर्घाखाँची सिमेन्ट

विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका पर्सा शाखाका प्रबन्धक यज्ञ राज भट्टद्वारा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई उक्त डेस्क(बेञ्चहरु हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरू तथा बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

ज्योति विकास बैंकले हाल १ सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal