काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको हो । यस अघि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।
आजको कारोबार जारी रहँदा २०० रुपैयाँ १० पैसाले घटेर १ हजार ८०१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा सेयर बजार परिसूचक ३ दशमलव ४२ अंकले घटेर २७२४ दशमलव १६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १० अर्ब ७० करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्