काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेर बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त र भूगोल इनर्जी डेलपमेन्ट कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा उपकार लघुवित्तको सेयर मूल्यमा ५०४ रुपैयाँ ५० पैसाले बढेर ५ हजार ५४९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । आज १० प्रतिशतले बढेर भूगोल इनर्जीको सेयर मूल्य ८९ रुपैयाँ ३० पैसाले बढेर ९८२ रुपैयाँ ५० पैसा पुगेको छ ।
आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा सनराइज फोकस इक्वीटी फण्ड, सप्तकोशी डेभलपमेन्ट बैंक र एनआइबिएल स्टेबल फण्ड रहेका छन् । आजको कारोबार बन्द हुँदा सनराइज फोकस इक्वीटी फण्डको सेयर मूल्य ९.०२ प्रतिशत अर्थात् ०.८४ रुपैयाँले बढेर १० रुपैयाँ १५ पैसा पुगेको छ ।
त्यस्तै सप्तकोशीको सेयर मूल्य १११ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३८९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७४ प्रतिशतले बढी हो । सोमबार एनआइबिएल स्टेबल फण्डको सेयर मूल्य ८.०२ प्रतिशत अर्थात् ०.६९ रुपैयाँले बढेर ९ रुपैयाँ २९ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्