काठमाडौं । सोमबार सेयर बजार परिसूचक २ अंकले बढेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १३७ कम्पनीको सेयर मूल्य घटेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले कमी आएको छ । आज ग्रिन डेभललपमेन्ट बैंकको सेयर मूल्य २०० रुपैयाँ १० पैसाले घटेर १ हजार ८०१ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै रिभर फल्स पावरको सेयर मूल्यमा ९९ रुपैयाँ ५० पैसाले कमी आएर ८९५ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै घट्ने पाँच कम्पनीमा थ्रिस्टार हाइड्रोपावर, केबिएल डिबेन्चर २०९० र पाँचथर पावर कम्पनी लिमिटेड रहेका छन् । आजको कारोबार बन्द हुँदा थ्रिस्टार हाइड्रोको सेयर मूल्यमा ५७ रुपैयाँले कमी आएर ९७६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.५२ प्रतिशतले कम हो ।
त्यस्तै आज केबिएल डिबेन्चरको सेयर मूल्य ४.४२ प्रतिशत अर्थात् ५२ रुपैयाँ ९० पैसाले घटेर १ हजार १४५ रुपैयाँ पुगेको छ । सोमबारको कारोबार बन्द हुँदा पाँचथर पावरको सेयर मूल्य १५ रुपैयाँले घटेर ३३० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३५ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्