Skip to content

चितवनमा रवि लामिछानेविरुद्ध मुद्दा दायर

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको चितवन जिल्ला अदालतकी वैतनिक वकिल सुनिता अधिकारीले जानकारी दिइन् ।

मुद्दामा लाछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ । लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए।

लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime