Skip to content

विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’

nabil bank

चितवन । विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नं गेटबाट कार्यक्रम सुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ नं गेट हुँदै पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएको हो ।

अस्पतालका निर्देशक डा शिवजी पौडेलले फेब्रुअरी ४ का दिन अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बिहान अस्पतालबाट वाकाथन कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको जानकारी दिए । उनले सन् २०२५ को नारा ‘युनाइटेड वाई युनिक’ भिन्नतामा एकता रहेको उल्लेख गर्दै बिरामीको भिन्न चरित्रसँग भिजेर चिकित्सक एवं स्वास्थ्यमर्कीले यसको उपचार गर्नुपर्ने बताए । बिरामीको आर्थिक, सामाजिक, मनोवैज्ञानिक भावना चिकित्सकले बुझेर उपचार गर्दा सेवामा चुस्त–दुरुस्त हुने उनको भनाइ थियो ।

डा पौडेलले अस्पतालले आज विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने बताए । बिहानको वाकाथनपछि, दिउँसो क्यान्सर विजेता तथा बिरामी एवं आफन्तसँगको अन्तरक्रियालगायत क्यान्सरविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उनले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi