Skip to content
Prabhu

फरवार्ड माइक्रोफाइनान्सको साढे ३ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा ल्याएको जनाएको छ । संस्थाले उक्त सेयर प्रतिकित्ता ५३१ रुपैयाँका दरले बिक्रीमा राखेको छ । सेयरधनीहरुले न्युनतम् १ हजार कित्ता वा सो भन्दा बढी आफ्नो क्षमता अनुसार खरिद गर्न सक्नेछन् ।

global
अर्घाखाँची सिमेन्ट

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवेदन दिनुपनेछ । तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट खरिद नभएको अवस्थामा उक्त सेयर सर्वसाधारणहरुलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal