काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफना सेयरधनीहरुका लागि ३० प्रतिशत नगद दिने लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।
लाभांश बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्