काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा कालिका लघुवितले १३४ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्मा गत आवको भन्दा १३४.८९ प्रतिशतले नाफा बढेको हो ।
यो अवधिमा लघुवित्तले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४६.१० प्रतिशतले बढेर १७ करोड पुगेको छ । उक्त ब्याज आम्दानी बढ्दा नाफामा वृद्धि आएको हो । ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको २६ करोड १९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१.२४ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्