काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा अभियान लघुवित्त वित्तीय संस्था नाफामा देखिएको छ । गत आवको सोही अवधिमा ऋणात्मक अवस्थामा रहेको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ३७ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको हो ।
लघुवित्त गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड २४ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको खुद ब्याज आम्दानी धनात्मक भएसँगै लघुवित्तको नाफा पनि धनात्मक भएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको खुद ब्याज आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ३१ लाख रुपैयाँ धनात्मक भएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ५६.३८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५८४.७८ प्रतिशत बढेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ रुपैयाँ ३ पैसा धनात्मक भएको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२८.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८१ पैसा रहेको छ ।
२५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्