Skip to content

धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र पुनः सुचारु

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ । बोर्डले आज विज्ञप्ति जारी गरेर यस अघि स्थिगित गरिएको प्रक्रिया पुनः सुचारु गरेको हो ।

यस अघि २०७५ सालको साउन ८ गतेको निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरिएको थियो । धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६७ बमोजिम मर्चेन्ट बैकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य हाल पुनः प्रारम्भ गरिएको छ,’ नेपाल धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त संस्थाले यदि सार्वजनिक निष्कासन गर्न चाहन्छ भने संस्थाले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको र कम्तीमा १ अर्ब चुक्ता पुँजी कायम गरेको हुनुपर्ने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime