Skip to content

नेप्से परिसूचक ४ अंकले घट्यो, कारोबार रकम ८ अर्ब ९५ करोड

nabil bank

काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७११ दशमलव ४५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा करोबार भएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०७ अंकले घटेर ४५६ दशमलव ०४ विन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक सामान्य घटेको दिन आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ९५ करोड भन्दा माथिको कारोबार भएको छ ।

आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर ९० हजार ७५२ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime