Skip to content

श्वेत गंगा हाइड्रोपावरको नाफा धनात्मक

nabil bank

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको नाफा धनात्मक देखिएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा कम्पनीको नाफा धनात्मक देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १० करोड २५ लाख रुपैयाँले धनात्मक भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको नाफा २ लाख ५३ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १०.३३ प्रतिशत बढेको छ भने खुद सञ्चालन मुनाफा १५.९१ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २२.१३ प्रतिशत घटेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३९.८३ गुणा रहेको छ ।
१ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३३ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime