काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । सेयर बजार घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आज उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज उपकार लघुवित्तको सेयर मूल्य ६०० रुपैयाँले बढेर ६ हजार ६०० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ४८ रुपैयाँ १० पैसाले बढेर ५२९ रुपैयाँ १० पैसा पुगेको छ ।
आज सेन्ट्रल फाइनान्सको सेयर मूल्य पनि ५२ रुपैयाँ २० पैसाले बढेर ५७४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा पोखरा फाइनान्स र समृद्धि फाइनान्स रहेका छन् । आजको कारोबार बन्द हुँदा पोखरा फाइनान्सको सेयर मूल्य ३६ रुपैयाँले बढेर ४०३ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.८१ प्रतिशतले धेरै हो । त्यस्तै समृद्धि फाइनान्सको सेयर मूल्य पनि आज ९.४६ प्रतिशत अर्थात् ५१ रुपैयाँले बढेर ५९० रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्