Skip to content
Prabhu

प्रि ओपन सेसनमा साढे ३ अंक बढ्यो नेप्से

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४ दशमलव ०८ अंक घटेर २७१५ दशमलव ९१ विन्दुमा बन्द भएको नेप्से यो दिनको उक्त सेसनमा ३ दशमलव ६७ अंक बढेर २७१९ दशमलव ५९ विन्दुमा पुगेको हो ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ७१ अंक बढेको छ । बुधबार प्रि ओपन सेसनमा ६४ स्टकको १६२ पटकको कारोबारमा १ करोड ४७ लाख २० हजार १११ रुपैयाँ ६० पैसाबराबरको २७ हजार ५०९ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्