काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहदा सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यस अघि छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेर कारोबार भएको थियो ।
आजको कारोबार जारी रहदा यो कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ २० पैसाले बढेर ५७४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
यो अवधिमा समग्र सेयर बजार परिसूचक भने ७ दशमलव ५२ अंकले घटेर २७०८ दशमलव ३९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७ अर्ब १२ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्