Skip to content

अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा अपर लोहोरो खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको करोबार जारी रहँदा दिउसो साढे २ बजेको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५७ रुपैयाँ ३० पैसाले बढेर ६३० रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । समग्र बजार परिसूच घटेर कारोबार भइरहँदा यो कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

आजको कारोबार जारी रहँदा समग्र नेप्से परिसूचक १६ दशमलव ११ अंकले घटेर २६९५ दशमलव ३४ विन्दुमा पुगेको छ । यो अविधिसम्मा सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime