Skip to content

नागरिक लगानी कोषको नाफा ६२ करोड माथि, प्रतिसेयर नेटवर्थ कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा नागरिक लगानी कोषको नाफा ६२ करोड भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १३.९७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १५.७६ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १८७.३१ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी १२.४३ प्रतिशत बढेको छ भने कुल खर्च ६.१४ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपयाँ ३५ पैसा घटेर १९ रुपैयाँ २० पैसामा सीमित भएको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा रहेको छ । ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २८ अर्ब ७० करोड ८० लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime